Sunday, August 4, 2013

प्रकोप न्युनिकरण र बिकासका चुनौती


 - ई. केशब शर्मा (पौडेल)

मनसुनको औपचारिक प्रबेश नहुँदै जेष्ठ २२ गते राती ताप्लेजुङ्गको थुकिम्बा मा गएको पहिरोले एकै परिवारका सात जनाको मृत्यु तथा चार जना बेपत्ता भएको खबर आयो त्यस पछी भोजपुर हुँदै मध्य तथा सुदुरपश्चिम लगायत देशका धेरै स्थानहरुमा भीषण वर्षा सँगै आएको बाढी पहिरोले धेरै जनधनको क्षती भएको सरकारी तथ्यांक अनुसार यसै वर्षको असारसम्म मात्र बाढी पहिरोले  ६० जना भन्दा बढीले ज्यान गुमाइसकेका करीब बाह्र हजार जना बिस्थापित भइसकेका छन  बाढीपहिरोको कारणले नेपालमा हरेक वर्षमा २०० जना भन्दा बढीको मृत्यु, ३०००४००० घरहरु ध्वस्त तथा दशौं हजार मानीसहरु प्रभाबित अरबौंको क्षती हुने देखीन्छ
नेपालको करिब ८३. % भुभाग पहाडी तथा हिमाली क्षेत्रले ओगटेको छ। नेपालको भु-बनोट विश्वमै कान्छो, अत्यन्त कमजोर उतारचढाब युक्त मानिन्छ जुन पहिरोको लागि सहज हुन्छ नेपालका पहाडहरु अत्यन्त भिराला, अग्ला नरम छन, जब महिनामै  २५०० मिलिमीटर पानी पर्छ भने त्यसलाई पहाडले थेग्न सक्दैन पैहृो जान्छ नदीले समेट्न सक्दैन बाढी आउँछ केही वर्ष यता धेरै स्थानमा सुख्खा पहिरो पनि जान थालेको
नेपालमा पहिरो गएको स्थानलाई बिश्लेषण गर्ने हो भने अधिकांश पहिरोहरु सडक सिचांइका लागि खनिएका नहर तथा कुलेसाहरुको आसपासमा गएको देखिन्छ प्राबिधिक अध्ययन बिना नै जथाभबी सडक कुलेसा खन्नु, सडक बनाउने नाममा धेरै अती जोखिम क्षेत्रहरुमा समेत ठुल्ठुला मेसिन तथा बिस्फोटक पदार्थको प्रयोग गरी भुबनोटलाई खल्बल्याउन काम भएको जुन नेपालमा पहिरो जानेक्रम बढ्नुको पहिलो कारण हो  कतिपय गाउँ बिकास समितीमा जाने सम्पूर्ण बजेट नै सडक बनाउने नाममा पहिरो ल्याउनको लागीनै खर्च भएको भन्दा पनि अत्तियुक्ती नहोला जब स्थानिय तहमै जथाभाबी सडक खन्न थालियो तब बाढी पहिरो जाने क्रम ह्वात्तै बढेको पाईन्छ यसको ज्वलन्त उदाहरण २०५० पछाडि फेवाताल पुरिने दर ह्वात्तै बढ्नु पनि हो फेवातालको आसपासका क्षेत्रमा जथाभाबी सडक खन्नाले त्यस क्षेत्रमा साना ठुला पहिरो जान थाल्यो अनी त्यो पहिरोको माटो, बालुवा पानीले बगाएर ल्याउदा फेवातालको अस्तित्व नै संकटमा पर्दैछ आफ्नो गाँउठाउँमा बाटो बनेमा चमत्कारीक बिकास हुन्छ भन्ने मनोभावनाले हामी सबै ग्रसित छौं सडक बनाउने नाममा हामीले उर्बर जग्गा मास्दै छौं, पानीको मुल सुकाउदै छौं, बर्षको केही महिनामात्र सवारी चल्ने र  चलिहालेमा जोखिमपूर्ण यात्रा गर्दैछौ, सबै भन्दा बढी बिकासको नाममा बिपद् निम्ताईरहेका छौं   बाटो पुग्दैमा मात्र बिकास हुने भए अहिले नेपालमा सबैभन्दा बढी बिकसित क्षेत्र खानिखोला देखी हेटौंडा सम्मको त्रिभुवन राजपथ आसपासको क्षेत्र हुनुपर्ने थियो जब सम्म सहज,सुलभ सुरक्षित सडक बन्दैन, तबसम्म त्यस क्षेत्रको उल्लेखनिय बिकास हुदैन जता जता सडकका रेखाहरु कोरिदैछ, त्यसको दाँया बाँया पहरो खोलेर भएपनी घडेरी बनाइ घर बनाउने प्रबृत्ती अहिले मध्य तथा उच्च पहाडी क्षेत्रमा बढ्दो जसले गर्दा सडक खन्दा खल्बलिएको भुबनोट अझै खल्बलिने पहिरो गई भौतिक तथा मानबिय क्षति हुने सम्भाबना बढी हुन्छ स्थानिय पुर्वाधार बिकास तथा कृषि सडकले सर्भे तथा डिजाइन बिना कुनै पनि सडक खन्न नदिने निर्णय गरेको जुन कार्यन्वायन भएमा बाढी पहिरो नियन्त्रणमा ठुलो सहयोग हुनेछ















नमुना पहिरो (सौजन्य: सबकोखबरडटकम)

यतिबेला चुरे पहाडको चिन्ता सर्वत्र गरीएको तराईको ढाल मानिने चुरेमा अव्यवस्थित तवरले संचालन गरिएका रोडा तथा क्रसर उद्योग तिब्र वन बिनाशका कारण चुरे विनाशको दिशातिर उन्मुख वातावरणीय जोखिमको ख्यालै नगरी संचालन गरिएका त्यस्ता उद्योगहरुबाट नेपालले उचित लाभ लिएको पाईदैन भारतको भौतिक निर्माणका निम्ति नेपालको प्राकृतिक स्रोत मास्ने काम भैरहेको यसको प्रत्यक्ष असर तराईको वातावरणमा पर्ने त्यहाँ डुबान, बाढी पहिरोका साथै खेतीयोग्य जमिन कंक्रिटले पुरिने जोखिम उच्च रहेको राष्ट्रपति चुरे संरक्षण कार्यक्रमघोषणा भए पनि यसले लक्ष्य अनुसारको काम गर्न सकेको छैन
नदी खोलाका किनाराहरु अतिक्रमण गर्दै मानब बस्ती बस्ने क्रम बढ्दो , जसले गर्दा पानी बग्ने क्षेत्र साँघुरिन गइ उच्च बहाब भएको बेलामा त्यस आसपासका क्षेत्र डुबानमा पर्दछन यस बर्ष काठमाडौंको बबरमहल जस्तो ठाउँ डुबानमा पर्नु यसको उदाहरण हो काठमाडौंका सबै नदी तथा खोला, पोखराको सेती फिर्के, बाग्लुङ्गको मालढुङ्गा स्थित कालिगण्डकीम्याग्दीको म्याग्दी काली नदी लगायत नेपालका धेरै जस्तो नदीहरु अतिक्रमण चपेटा परेका छन जसका कारण प्रत्येक बर्ष कही कही, दार्चुलामा महाकालीले देखाएको जस्तो ताण्डब नृत्य अबश्यम्भाबी नेपालमा अहिले सम्म पनि भुउपयोग निति आउन नसक्नु नै अत्यन्त दु्र्भाग्यपुर्ण हो। जसका अभाबले अती जोखिम युक्त क्षेत्रमा पनि धमाधम बस्तीहरु बास्न थालेका छन जनसंख्या बृद्घि तथा शहरी क्षेत्रमा अधिक बंसाइ सराइ कारण अती जोखिमयुक्त क्षेत्र अधिक्रमण गरी तथा आधिकारीक रुपमै बस्ती बिस्तार हुने क्रम जारी जसले कुनै कुनै दिन ठुलो बिपद् निम्ताउने निश्चितप्रायः त्यस्तै सरकारी निर्णयबाट बन्ने कतिपय भौतिक संरचनाहरु पनि सामान्य भौगोलिक प्रकोप जोखिमको सम्भावना अध्ययन नगरी निर्माण गरिने गरिएको पाईन्छ जसको एउटा ज्वलन्त उदाहरण हो, सरकारले मध्य पहाडी लोकमार्गमा बसाउन खोजेका करिब १० शहरी क्षेत्रहरु मध्ये केही क्षेत्रहरु अत्यन्त जोखिममा रहेको अध्ययनले देखाएको नदी किनारमा, अझ नदीको बगरमा, कमलो माटो भएको तर भिरालो पहाडहरुमा पहिला पहिरो गएको ठाउँहरुमा बस्ती बसाउनु कुनै पनि हालतमा सुरक्षित छैन बस्ती बसाउनु कुनै पनि हालतमा सुरक्षित छैन कुनै पनि ठाउँमा बस्ती बसाउन अघि त्यो ठाउँ भौगोलिक रुपमा बस्ती बसाउन उपयुक्त कि छैन भन्ने जाँच गरिनु एकदम आबश्यक जसलाई हामी प्राकृतिक बिपद जोखिम सम्भावता अध्ययन भन्छौ राज्यस्तरबाटै देशभरी नै प्राकृतिक बिपद जोखिम सम्भाव्यता अध्ययन गरी जोखिमयुक्त क्षेत्रमा बस्ती निषेधित क्षेत्र तोक्नु पर्छ  त्यस्ता क्षेत्रमा पहिलेनै बस्ती भएमा ति बस्तीलाई अन्यत्र सार्ने वा पूर्व चेतावनी दिने संयन्त्र सहीत बिपद् अगाबै गर्न सकिने अन्य उपायहरुको अबलम्बन गर्ने बिपद् पूर्व गर्नु पर्ने कार्यहरुको लागि स्थानिय समुहलाई नै सक्षम बनाइ २४ सै घण्टा तयारी साथ रहनु पर्दछ हाम्रो देशका निति निर्माताहरु आफ्नो निहित स्वार्थ पुर्तीको लागि रातारात बिभिन्न बिधेयक अध्यादेश मार्फत जारी गराउँदछन तर हाम्रो जस्तो प्राकृतिक प्रकोपको चपेटामा परिरहने देशमा बिपद ब्यबस्थापन बिधेयक पारित गर्न यस क्षेत्रका बिज्ञहरुले बारम्बार आवाज उठाउँदा पनि कानमा तेल हालेर बसीरहेका छन
नेपालमा बाढी, पहिरो, भूक्षय, खडेरी जस्ता दैवी प्रकोपको समस्या पहिलेदेखि नै रहिआएकोमा जलवायु परिवर्तनले यसलाई अझ झन्झटिलो बनाउँदै गएको तर आजको दिन सम्म जे जती बाढी पहिरो गएको त्यसको प्रमुख कारण जलबायु परिर्वतन नभएर माथि उल्लेखित बिषय बस्तुहरु  प्रमुख कारणहरु  हुन  
अब हाम्रो समस्याको मुल समाधान के हो भने कुन समयमा कुन ठाउँमा बाढी पहिरो जानेवाला त्यो कुराको पुर्वानुमान गरेर सम्बन्धित निकायलाई परिचालित गरेर जनधनको क्षति हुनबाट रोक्नु बाढी पहिरोको पू्र्र्बानुमान गर्नको लागि बर्षाको मापन आधारभुत कुरा हो जुन कुरा आर्थिक प्राबिधिक दुबै रुपले धेरै सहज तर दु्र्भाग्य नै भन्नु पर्छ नेपालमा त्यस्ता बर्षा मापन गर्ने स्थानहरुको संख्या नगन्य गत बर्ष कास्कीमा सेतीले अहिले महाकालीले गरेको, भएको क्षति हाम्रो भुउपयोग निती तथा बिपद ब्यबस्थापन कानुन नभएर नै हो साथै पुर्व चेतावनी दिने संयन्त्र बिपद ब्यबस्थापन को आबश्यक तयारी गरेको भए पनि गत बर्ष सेतीमा तथा यस बर्ष महाकालीमा यती धेरै क्षती हुने पक्कै थिएन।
बिपद ब्यबस्थापन बिधेयक जारी गरी भुउपयोग निती यथाशिघ्र कार्यन्वयन नगर्ने हो भने बाढी तथा पहिरोबाट हुने जनधनको क्षती बर्षेनी बढ्ने हाम्रो आफ्नो आन्तरिक श्रोत साधनले बिपद व्यपस्थापन गर्न नसकी बाह्य देश तथा संस्थाहरुलाई गुहार्नु पर्ने दिन आउने राष्ट्रीय अर्थतन्त्रमा पनि ठुलो धक्का लाग्नेछ 
अन्त्यमा, हाम्रो मुलुक प्राकृतिक प्रकोपको जोखिम परिरहने मुलुक हो जति नियन्त्रण रोकथमका कुरा गरे पनि  नेपालमा बाढी पैह्रो जाने क्रम रोकिने छैन त्यसैले प्रकृतिसँग जुधेर भन्दा पनि प्रकृतिको रचनालाई बुझेर अगाडि बढ्नु आवश्यक हाम्रा बिकासका रुप शैली सोही अनुसार हुनुपर्दछ हामीले गर्ने क्रियाकलापले प्राकृतिक प्रकोपको प्रभावमा फरक ल्याउँदछ प्रकोपको प्रभावलाई न्यूनिकरण गर्न बैज्ञानिक तथा प्राविधिक उपायहरुको भरपूर उपयोग गर्नसक्ने क्षमता हामीले विकसित गर्नुपर्दछ

(यो लेख २०७० श्रावण १९ गतेको नागरीकको "पुर्बेली" मा छापिएको हो। लेखक भुकम्प तथा भु-बिज्ञान संग संबन्धित हुनुहुन्छ)